दुबईमा गठन भयो ‘मधेशी एकता समाज’

समाचार

5/25/2021

काठमाडौं, ११ जेठ । विभिन्न परियोजनका लागि दुबई (युएई) मा बस्दै आएका मधेशीहरुले “मधेशी एकता समाज” नामक सामाजिक संस्था गठन गरेका छन् ।

दुबईमा बस्दै आएका मधेशीहरुको सम्पन्न एक भेलाले मुकेश झाको अध्यक्षतामा केन्द्रीय कार्यसमिति गठन गरिएको हो ।

विदेशमा भएपनि मधेश र मधेशी समुदायका लागि आवाज उठाउने, विभिन्न सुखदुखमा साथ दिने उद्देश्यका साथ यो संस्थाको स्थापना गरिएको अध्यक्ष झाले मधेशवाणीलाई बताएका छन् ।

मधेशी हकअधिकारका साथै मधेशको कला, साहित्य, तथा संस्कृति प्रति समर्पित संगठनको पहिलो सभा दुबईमा सम्पन्न भएको हो । साथै मधेशी एकता समाज विश्वव्यापीरुपमा विस्तार गर्दै शाखा कार्यालयहरुसमेत खोलिने उनले जनाए ।

समाजको उपाध्यक्षमा लाल बाबु सिंह, कृष्णा ठाकुर, धर्मेन्द्र गोहियार, राम पुकार राउत, आयाज अन्सारी, महासाचिवमा मो शहनबाज हुसैन, कोषाध्यक्षमा अनिलकुमार साह, सचिवमा अमित साह, रोशन देव, मुकेश यादव, राधे यादव, राम साह, दिपेन्द्र पाजियार, मनोज यादव विशेष सचिवमा आई.टी. संयोजक ललित राय, सामाजिक संजाल संयोजक हरिदेब शर्मा, सांस्कृतिक संयोजकमा पप्पु यदाव, युवा संयोजकमा मुकेश जयसवाल रहेका छन् । प्रवक्तामा सन्तोष कुमार ठाकुर चयन भएका छन् ।

यसैगरी सदस्यहरु प्रमोद ठाकुर, देवेन्द्र मुखिया, दिपु यादव, राम पुकार पासवान, संजिव महर, राम किशोर मण्डल, पन्कज ठाकुर, सागिर साफहि, प्रबिन साह, लगायात छन् । यो संस्था नेपालमा पनि दर्ता गरिने जनाइएको छ ।

समाजले मधेशमा बोलिने सबै भाषा, धर्म र जातिलाई समान स्थान दिने, सबै राजनीति विचारधारासँग समदूरी कायम गरेर सहकार्य गर्ने, मूलभूत रुपमा यो संस्था कुनै पनि पार्टी विशेषको विचारधारालाई समर्थन गर्ने वा विरोध नगर्ने अध्यक्ष झाले प्रष्ट पारेका छन् ।

समाजको मुख्य उदेश्यहरु मधेशमा समाज उत्थानका लागि अग्रगामी जागरण तथा जनचेतना बढाउने कार्यक्रम, मधेशको हकअधिकार सुनिश्चित गर्ने कार्यक्रम, प्राकृतिक अपादामा सहयोग, शिक्षाको प्रवर्धन, सिप विकाश, कृषिमा आधुनिकीकरणमा सहयोग आदि कार्यक्रम गर्ने भनि सङ्गठनका बरिष्ठ सल्लाहकार डा. राबिन्द्र कुमार यादवले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ