दुबईमा मधेशी एकता समाजको संगठन विस्तार

समाचार

6/27/2021

काठमाडौं, १३ असार । विश्वभरि रोजगार, पढाई तथा बसोबासको क्रममा रहेका प्रवासी मधेशीहरुको संगठन मधेसी एकता समाजले दुबईस्थित अल खूजÞ क्षेत्रमा आफ्नो संगठन विस्तार गरेको छ ।

१८ जुन २०२१ मा वरिष्ठ सल्लाहकार डा.रवीन्द्र कुमार यादवको विशेष आतिथ्य र संगठनको युएई स्तरिय समितिका सचिव राधे मधेशीको पहलमा आयोजित भेलाले रंजित महराको अध्यक्षतामा १५ सदस्यीय समिति चयन गरेको छ ।

यसैगरी, सहअध्यक्षमा मुसहरु यादव, उपाध्यक्षहरुमा दिपलाल महतो, श्याम बाबु महतो र चन्द्रकेश पटेल, सचिवमा राम मनोहर कापर र कोषाध्यक्षमा नितिश कुमार पाण्डे चयन भएका छन् ।

यस्तै, सांस्कृतिक संयोजकमा श्रीदेव यादव, मेडिया संयोजकमा रंजित साह रहेका छन् भने सदस्यहरुमा नन्द किशोर साहनी, दिपेन्द्र, दिवशरण साह, राम बेचन दास र सल्लाहकारहरु राधे यादव ’मधेशी’, राम साह, शाह नवाजÞ, मुकेश झा, तनवीर आलम र डा रबिन्द्र यादव रहेका छन् ।

विभिन्न जाति, धर्म, भाष, क्षेत्र, राजनीतिक विचारधारामा विभक्त मधेशी समुदायमा एकताको भावना प्रवाह गरी मधेशी समाजमा रहेको कुरीति, कुप्रथा, कमजोरीलाई निरुत्साहित गरी आत्मसम्मानको भावना जगाउने, जनचेतना फैलाउने कार्यक्रम, सीप विकाश कार्यक्रम कृषिको आधुनिकीकरण कार्यक्रम गर्ने उद्देश्य राखेको छ ।

प्राकृतिक विपदमा सहयोग, मधेशी अस्मिता, अधिकारका मुद्दाहरुको अन्तर्राष्ट्रिय स्तरमा वकालत जस्ता उद्देश्य लिई स्थापना भएको मधेशी एकता समाजलाई संयुक्त अरब इमारत, कतार, साउदी, मलेसिया, भारत, अस्ट्रेलिया, यूरोप, अमेरिका, अफ्रिकाका अन्य क्षेत्रमा विस्तार गर्दै लगिने कुरा वरिष्ठ सल्लाहकार डा.रबिन्द्र कुमार यादवले जनाए ।

नव निर्वाचित पदाधिकारीहरुलाई समाजका युएई कार्यसमितिका अध्यक्ष मुकेश झाले हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ