रौतहट, १२ चैत । रौतहटको दुर्गाभगवती गाउँपालिकाको आफ्नै प्रशासकीय भवन निर्माण हुने भएको छ ।
दुर्गाभगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहको बिशेष पहलमा संघीय सरकारको ६० प्रतिशत तथा गाउँपालिकाको ४० प्रतिशत लागतमा यसै आर्थिक बर्षदेखि प्रशासकिय भवनको निर्माण कार्य शुरु हुने भएको हो ।
२०७८ बैशाखमा सिलान्यास गरी तीन तले प्रशासकीय भवनको निर्माण कार्य अगाडि बढाइने गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत जगतप्रसाद साहले बताए ।
प्रशासकीय भवनको कुल लागत आठ करोड ५५ लाख रहेको तथा यस आर्थिक बर्षमा १८ लाख संघ सरकारले बिनियोजन गरेको उनले बताए ।
आफ्नै प्रशासकीय भवन निर्माण भएपछि गाउँपालिकाको कामकारबाहीमा सहयोग पुग्ने बताइएको छ ।
तपाईको प्रतिक्रिया