दलित समुदायहरु संगठित भई क्रान्ति गर्नुपर्ने : सरदार

समाचार

3/21/2021

सप्तरी, ८ चैत । दलित विकास समिति प्रदेश नं. २ का सदस्य श्याम सरदारले दलित समुदायहरुलाई शिक्षित बन्नु पर्ने, संगठित बन्नु पर्ने त्यसपछि क्रान्ति गर्नुपर्ने बताएका छन् ।

आइतबार दलित सरोकार मञ्च सप्तरीको आयोजना ५६औं अन्र्तराष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस अवसरमा सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट सो कुरा बताए ।

सो विकास समिति सदस्य सरदारले दलित समुदायहरुलाई अहिले पनि गाउँघरमा छुवाछुतको यस्ता घटनाहरु भइरहेकोले आफूभित्र नलुकाई प्रशासन उजुरी दिई दोषीलाई कारवाही तर्फ आवाज उठाउनुपर्ने बताए ।

समितिका सदस्य सरदारले थपे, “नेपालमा दलित समुदायहरुमा आर्थिक रुपले शोषित,समाजिक रुपले उत्पीडित, राजनितिक रुपले उपेक्षित,शैक्षिक रुपले वञ्चित र धार्मिक रुपले संस्कृत रुपले अपहेलित भई दलितहरुलाई अमानवीय रुपमा व्यवहार गरिरहेका छन् ।”

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख नरेश कुमार सिंहले नेपालको संविधान उल्लेख भए अनुसार छुवाछुत तथा विभेदहरु अन्त्य भईसकेकोले कसैले छुवाछुत गरेको छ भन्ने भन्ने हामी कहाँ आउनुस् हामी त्यस्ता छुवाछुत गर्नेलाई कानुन बमोजिक करवाही गर्न तयार छौं ।”

प्रहरी प्रमुख नरेश कुमार सिंहले हामी पनि कानून अनुसार चल्ने भएकाले कानूनी प्रक्रिया अनुसार नै चल्नु पर्छ,त्यसैले अपराध गरेको छ भन्ने सजाय भोग्नु पर्छ र दोषिलाई सजाय दिने प्रशासनको दायित्व हो । र जातियको आधारमा थिचोमिचो नसहनुस् कानूनले तपाईहरुलाई हक अधिकार दिएको बताए ।

सो कार्यक्रममा दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं अनसन्धानकर्ता भोला पासवानले भने अन्तराष्ट्रिय भेदभाव उन्मुलन दिवस १९७१ मा नेपालमा लागु बताउदैं जातिय छुवाछुत लगायत कुनै किसिमको अपराध हेरेर नहेरेको जस्तो गर्नु हुन्छ र सहनु हुन्छ भन्ने त्यो पनि कानूनको ठुलो उल्लंघन भएको मानिन्छ ।

निर्देशक पासवानले भने छुवाछुत वा कुने किसिमको दलित माथी हुने अन्याय घटनाहरु हामी न्यायको लागि स्थानिय निकाय देखि माथी निकाय जाने दलित समुदाय न्यायको लागि लडन तयार रहेको प्रतिबदता गरेका छन् ।

सो ५६ औं अन्र्तराष्ट्रिय जातिय भेदभाव उन्मुलन दिवस दलित सरोकार मञ्च सप्तरीका कार्यकारी निर्देशक एवं अनसन्धानकर्ता भोला पासवानको अध्यक्षता एवं दलित विकास समिति प्रदेश नं.२ का सदस्य श्याम सरदारको प्रमुख अथितिमा सम्पन्न कार्यक्रममा मञ्चका जिल्ला संयोजक राजकुमार पासवानले स्वागत मत्व्य गरेका थिए भने मञ्चकी कार्यक्रम सहायक अनिता कुमारी खंग कार्यक्रम सञ्चालन गरिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ