दिल्लीमा अलपत्र ६ नेपाली महिलाको उद्धार

समाचार

7/4/2020

काठमाडौं, २० असार । चार महिनादेखि भारतको दिल्लीमा अलपत्र रहेका ६ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ ।

शान्ति पुनस्र्थापना गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा ती महिलाको उद्दार गरिएको हो ।

उद्दार गरिनेमा मोरङका क्रमश ४०, ४०, ३२ र २७ वर्षीय महिला गरी ४ जना, झापा र पर्वत जिल्लाका २६ र ४१ वर्षीय एक÷एकजना गरी ६ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको हो ।

२०७६ साल फाल्गुन २९ गते कुवेत र इरान पठाउने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारतको दिल्ली कुरारी जोरदा भन्ने स्थानमा लगेर दलालहरूले यातना दिँदै ती महिलाहरूलाई राख्दै आएको खुलेको छ ।

त्यहाँका स्थानीयले संकास्पद रूपमा महिलालाई देख्दा शान्ति पुनस्र्थापना गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईलाई सम्पर्क गरेर जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ