दिल्लीमा नेपाली किशोरीको उद्धार

समाचार

5/24/2021

नयाँदिल्ली, १० जेठ । कञ्चनपुरबाट गत दुई महिनादेखि हराइएरहेकी एक नेपाली किशोरीलाई भारतको राजधानी नयाँदिल्ली छेउको बदरपुर बोर्डरबाट उद्धार गरिएको छ ।

दिल्ली क्राइम ब्रान्च, हरियाणा पुलिसले दिल्लीस्थित नेपाली दूतावास र केआई नेपालसँगको समन्वयमा आइतबार साँझ ती १६ वर्षीया किशोरीलाई उद्धार गरेको हो ।

प्रहरीले उनलाई दुई महिनादेखि ‘बन्धक’ बनाएर राख्ने एक जना भारतीयलाई पनि पक्राउ गरेको छ । प्रहरीले ‘बन्धक’ बनाएर राख्ने ती भारतीयलाई पनि पक्राउ गरेको छ ।

साथै उनलाई दिल्ली पुरÞ्याउनेहरुको समेत प्रहरीले खोजी सुरु गरिसकेको जोशीले जानकारी दिए । जोशीका अनुसार दिल्लीस्थित नेपाली दूतावासको समन्वयमा किशोरीलाई केही दिनमै घर फकाईने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ