दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ : वामदेव

समाचार

6/27/2020

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने बताएका छन् ।

नेकपाको शनिबारको स्थायी कमिटी बैठकमा उपाध्यक्ष गौतमले नेपाल–भारत सिमाना बन्द गरी प्रवेशाज्ञा लागू गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भनेका छन्, ‘अव ढिला नगरि नेपाल–भारतबीच रहेको खुल्ला सिमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागू गर्नुपर्छ । प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हुनुपर्छ । सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ ।’

उनले हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या समाधान गर्न युद्ध गर्ने त कुरै छाडौ कल्पना पनि गर्न नसकिने बताए । उनले सवै समस्या शान्तिवार्तावाट नै समाधान गर्नुपर्ने धारणा राखेका छन् ।

उनले सिंगो राष्ट्रलाई एकतावद्ध गरि अतिक्रमित भूमिसहितको नेपालको नयाँ नक्सा जारी गरेर यो संघर्षमा ९९ प्रतिशत विजय हासिल भएको बताएका छन् । भारतीय सेनाा नेपाली भूमिबाट हट्नासाथ १०० प्रतिशत विजय हासिल हुने भनेका छन् ।

यसैगरी, उनले भनेका छन्, ‘यसै सनदर्भमा गरिएको महाकालीनदीको एकिकृत विकास सम्बन्धि सन्धि राष्ट्रघाती छ भनेर संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा म सहितका १६ जना एमालेका शिर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको थियो । पार्टी विरोधी भनेर हामीलाई लगाइएको आरोपसहित पार्टीवाट निश्कासन गर्ने त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गरियोस् ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ