कपिलवस्तु, २५ बैशाख । नेपाल–भारत सीमा क्षेत्र दशगजा क्षेत्र कपिलवस्तुको सिमावर्ती नाकाबाट आएका ३ यस ५३ नेपाली नागरिकलाई भारतका सुरक्षाकर्मीले जिम्मा लिएका छन् ।
भारतमा कोरोना तीव्र रुपमा फैलिएसँगै नेपालका विभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपालतर्फ नियमित रुपमा आइरहेका थिए ।
नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनिहरुलाई प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले भारतीय पक्षका अधिकारीहरुसँग कुरा गरेपछि बुधवार मर्जादपुर नाकामा रहेका ८८ जना नेपालीलाई भारतीय सुरक्षाकर्मीको जिम्मा लगाइएको छ । भारतले सिद्र्धाथनगर जिल्ला थाना शोहतगढको रमवापुर माध्यमिक विद्यालयको क्वारेन्टनमा राखेको छ ।
भारतमा काम नपाउने कम्पनी बन्द हुने गरेपछि खान बस्न समस्या परेपछि अलपत्र परेपछि उनीहरु नेपाल फर्केका हुन् । भारत सरकारले सीमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु कपिलवस्तुको सीमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा छन् ।
उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमतिपाएको र नेपालआएको बताएका छन् । उनीहरुकाअनुसार भारतीयसिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।
मर्जादपुर नाकाका ८८ जनालाई भारत तर्फ व्यवस्थापन गरिएपनि यशोधरा गाउंपालिका ६ रंगपुर सिमामा रहेका २० जना भने सिमामा नै छन् १ जना ६ महिनाको गर्भवती महिला रहेको सदस्य पाण्डेयले बताए । त्यस्तै हरदौर्ना नाकामा पनि एक जना गर्भवती महिला रहेकी छन् ।
प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले गृह मन्त्रालयले लग डाउनको समयमा कोहीलाई पनि नेपाल छिर्न नदिन परिपत्र आएको कारण नेपालमा सहज रुपमा ल्याउने वातावरण नभएको बताए ।
तर पनि कसरी नेपाल वा भारतमा क्वारेन्टाइनमा व्यवस्थापन गर्ने बारेमा भारतिय सुरक्षाकर्मी र नेपालमा स्थानीय तहहरुसंग नियमित छलफल गरिरहेको उनले बताए ।जसको कारण ८८ जनालाई व्यवस्थापन गरिएको र अन्यलाई पनि व्यवस्थापन गर्ने उनले बताए ।
तपाईको प्रतिक्रिया