जनकपुरधाम, २४ बैशाख । लकडाउनको अवस्थामा दैनिक ज्यालादारी गर्ने मजदूर तथा विपन्न परिवारका लागि प्रदेश २ को सरकारले दोस्रो चरणको राहत विरण गरिरहेको छ ।
लकडाउन लम्बिएपछि मजदूर तथा विपन्न परिवारलाई हातमुख जोड्न समस्या नहोस् भनेर प्रदेश सरकारले दोस्रो चरणमा राहत वितरण सुरु गरेको हो ।
प्रदेश २ को उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको तर्फबाट दोस्रो चरणको राहत कार्यक्रमको जनकपुरधामबाट मन्त्री रामनरेश रायद्वारा औपचारिक प्रारम्भ गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय धनुषाको आयोजनामा वडा नं.७ स्थित १०५ घर परिवारलाई राहत वितरण गरिएको छ ।
प्रदेश सरकारले मन्सुली चामल २५ किलो, मसुरो दाल २ किलो, खाने तेल १ लिटर, नुन १ किलो, सोयाबिन आधा किलो, हातधुने साबुन १ पिस र लुगाधुने साबुन १ पिस लगायतका राहत सामग्री वितरण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले जानकारी दिएका छन् ।
प्रदेशवासीको हरेक सुखदुखमा प्रदेश सरकार साथ रहने प्रतिबद्धता जनाउँदे राज्यमन्त्रीले आगामी दिनमा पनि राहत तथा उद्धारमा लागिरहेका बताएका छन् ।
तपाईको प्रतिक्रिया