धानको न्यूनतम् समर्थन मूल्य निर्धारण सम्बन्धमा प्रदेश र संघ सरकारबीच छलफल

समाचार

9/25/2020

जनकपुरधाम, ९ असोज । धानको न्यूनतम् समर्थन मूल्य निर्धारण सम्बन्धमा संघ र प्रदेश सरकारबीच छलफल सम्पन्न भएको छ ।

संघीय कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालको उपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न छलफलले धानको न्यूनतम् मूल्य निर्धारण गरि सरकारीस्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिनभित्र विस्तृत प्रस्ताव तयार गरी संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।

छलफलमा किसानले उचित मुल्य उपलब्ध गराउने ग्यारेन्टीका लागि विभिन्न मोडेलहरुमाथि विचार विर्मष भएको थियो ।

छलफलमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र साह, राज्यमन्त्री योगेन्द्र राय यादव, प्रमुख सचिव प्रह्लाद पोखरेल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ