धनुषाको झिटकैयामा सिंचाई योजनाको शिलान्यास

समाचार

3/24/2021

धनुषा, ११ चैत । जलस्रोत तथा सिंचाई विकास डिभिजन, धनुषा जनकपुरका डिभिजन प्रमुख सि.डि.ई भगवान झाले ३५० हेक्टर कृषि योग्य जग्गामा १२ महिना सिंचाई सुविधा पु¥याउनको लागि माझी झिटकैया सिंचाई योजनाको शिलान्यास गरेका छन् ।

उक्त अवसरमा स्थानीय किसानहरूको उपस्थित रहेको थियो । उक्त योजनाको कुल लागत ४ करोड़ रहेको र दुई आर्थिक वर्षभित्र सम्पन्न हुने लक्ष्य राखिएको छ ।

उक्त योजनामा धभष्च निर्माण, मूल नहर र शाखा नगर तथा ख्च्द्य कल्वर्टका कार्यहरु हुने जनाईएको छ ।

यसरी मनियारी, पिपरा मईन, कलारी बाँध, अरही नदी सिचाँई योजना र माझी झिटकैया सिचाई योजना गरी करिब २००० हे. जग्गामा वर्षभरि सिंचाई सुविधा १ वर्षभित्र किसानहरुलाई पुगि कृषि उपजमा भारी वृद्धि हुने भएकोले धनुषाका किसानहरू हर्षित छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ