धनुषाको नापी कार्यालयका २९ कर्मचारीमा कोरोना संक्रमण

समाचार

10/15/2020

जनकपुरधाम, २९ असोज । नापी कार्यालय धनुषाका २९ कर्मचारी सहित थप एक सय नयाँ कोरोना संक्रमित थपिएका छन् ।

गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज र गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा १८ महिला सहित १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का बरिष्ठ चिकित्सक डा. कमलेश प्रसाद यादवले जानकारी दिए ।

यस सँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या १४ हजार ४ सय २१ पुगेको छ। आज धनुषामा ५४, पर्सामा १५, सिरहामा ९, बारामा ७, सप्तरीमा ७, महोत्तरीमा ५, रौतहटमा १ र अन्य प्रदेशका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै थप २ सय २ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यससँगै निको हुनेको संख्या १२ हजार ४ सय ९५ जना डिस्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ