जनकपुरधाम, २३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको कदम असंवैधानिक रहेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले धनुषामा पालिकास्तरीय संघर्ष समिति गठन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्ध आन्दोलन गर्न धनुषाको १५ वटा स्थानीय तहहरुमा संघर्ष समिति गठन गरेको दाहाल–नेपाल समूह धनुषाका सचिव दिपक यादवले जानकारी दिए ।
१८ मध्ये १५ स्थानीय तहमा १ सय देखि ५ सय सदस्यीय आन्दोलन संघर्ष समिति गठन गरिएको सचिव यादवले जानकारी दिए । धनुषाको कमला नगरपालिकामा देवचन्द्र यादवको संयोजकत्वमा २ सय ५० सदस्यीय, विदेह नगरपालिकामा राजकिशोर यादवको संयोजकत्वमा ३ सय सदस्यीय समिति गठन गरिएको छ ।
त्यस्तै धनुषाधाम नगरपालिकामा भगवानदत्त साहको संयोजकत्वमा १ सय ५० सदस्यीय, गणेशमान चारनाथ नगरपालिकामा महेश यादवको संयोजकत्वमा ३ सय सदस्यीय, हँसपुर नगरपालिकामा सुशिल साहको संयोजकत्वमा २ सय ५० सदस्यीय, मिथिला बिहारी नगरपालिकामा प्रदीप साहको संयोजकत्वमा २ सय ५१ सदस्यीय, बटेश्वर गाउँपालिकामा रामखेलावन महतोको संयोजकत्वमा २ सय ५ सदस्यीय, शहिदनगर नगरपालिकामा तनुलाल यादवको संयोजकत्वमा ५ सय सदस्यीय, धनौजी गाउँपालिकामा मोमिद राईनको संयोजकत्वमा २ सय सदस्यीय संघर्ष समिति गठन गरिएको हो ।
त्यस्तै मुखियापट्टी मुसहरनिया गाउँपालिका शिवकुमार झाको संयोजकत्वमा २ सय सदस्यीय, लक्ष्मीनिया गाउँपालिकामा सूर्यदेव यादवको संयोजकत्वमा १ सय ५१ सदस्यीय, सबैला नगरपालिकामा बिष्णुदेव यादवको संयोजकत्वमा २ सय ५१ सदस्यीय समिती गठन गरिएको सचिव यादवले जानकारी दिए ।
जनकपुरधाम उपमहानगरपालिका, नगराईन नगरपालिका, मिथिला नगरपालिका तथा जनकनन्दनी गाउँपालिकामा संघर्ष समिति गठन गर्न बाँकी रहेको बताइएको छ ।
समिति गठन गर्नका लागि पार्टीका केन्द्रिय सदस्य तथा आन्दोलन संघर्ष समिति प्रदेश २ का संयोजक सुधिर साह, केन्द्रिय सदस्य रामचन्द्र झा, धनुषा ईन्चार्ज समेत रहेका श्रवण यादव बरबरिया, केन्द्रिय सदस्य श्रीप्रसाद साह, रत्नेश्वरलाल गोइत, बोधमाया यादवलगायतका नेताहरु सक्रिय रहेका छन् ।
तपाईको प्रतिक्रिया