जनकपुरधाम, ७ असार । धनुषामा सात दिन निषेधाज्ञा थप गरिएको छ । सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले निषेधज्ञा थप सात दिन बढाउने निर्णय गरेको हो ।
वैशाख २१ गतेदेखि जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञा जारी गरेका छन् । धनुषामा छठौं पटक निषेधाज्ञा थप गरेर असार १४ गतेसम्म रहने गरी सूचना जारी गरिएको छ ।
यसयघि निषेधाज्ञामा व्यवसायीले विहान ६ बजेदेखि ११ बजेसम्म मात्र व्यवसाय सञ्चालन गर्न पाउने अनुमति दिइएको थियो । तर, सोमबारको बैठकले आवश्यक पसलहरु दिउँसो ३ बजेसम्म खोल्न पाउने निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको छ ।
सवारी साधनमासमेत जोर विजोर प्रणाली लागु गरेको छ । विद्यालयहरुमा भिडभाड नगरी पुस्तक वितरण गर्न पाउने, सरकारी तथा गैर सरकारी कार्यालय स्थानीय तह एवं संस्थाहरु आलोपालो गरी नियमित सेवा सुचारु गर्न निर्देशन दिएको छ । बैंक तथा वित्तिय संस्थाहरु नियमित सुचारु गर्न पाउने छन् ।
तपाईको प्रतिक्रिया