धनुषामा, १९ बैशाख । कोभिड १९को नयाँ भेरियन्टको संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले बैशाख २१ गते मंगलबारदेखि निषेधाज्ञा लगाउने भएको छ ।
जिल्लामा प्रशासनले बैशाख २१ गते विहान ६ः०० बजेदेखि बैशाख ३१ गते राति १२ः०० बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्ने निर्णय गरेको हो ।
यस्तै प्रशासनले जनकपुरको प्रदेशिक अस्पताललाई थप स्रोतसाधनको थप व्यवस्था गरी कोभिड अस्पताललाई व्यवस्था मिलाउन भनेको छ ।
यस्तै जनकपुरस्थित मणिपाल मेडिकल कलेजको निर्माणाधीन भवनलाई कोभिडको प्रकोप अवधिभर स्वामित्वमा लिइ सञ्चालन गर्न प्रदेश नं. २ को मुख्यमन्त्रीको कार्यालयलाई अनुरोध गरेको छ ।
यसका साथै प्रदेश २ सरकारको निर्णयले आइशोलेशनको रुपमा प्रयोगमा आएको र बेडसहितको अन्य स्वास्थ्य सामग्री र पूर्वाधार तयारी रहेको भन्दै सपहीस्थित सिटीईभीटीइको भवन, जनकी मेडिकल कलेजको रमदैयास्थित अस्पताल र गंगुलीस्थित आयुर्वेद कजेल भवनलाई कोभिड अस्पतालको रुपमा सञ्चालन र व्यवस्थापन गर्न सामाजिक तथा विकास मन्त्रालयलाई अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया