जनकपुरधाम, १५ माघ । धनुषामा मदिरा उद्योग सञ्चालकको हत्या भएको छ । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरी इन्डस्ट्रिजका सञ्चालक प्रमोद रेग्मीको हत्या भएको हो ।
प्रहरीका अनुसार ५१ वर्षीय रेग्मीको शव उद्योग प्राङ्गणमै रहेको आफ्नै कोठाभित्र फेला परेको हो ।
टाउकोमा गहिरो चोट लागेको र शरीरबाट अत्यधिक रगत बगेको अवस्थामा रेग्मीको शव फेला परेको प्रहरीले जनाएको छ ।
रेग्मीको शव बुधबार फेला परेको उनका आफन्त बिनोद पाण्डेले जानकारी दिए । रेग्मी उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ चुआरेका बासिन्दा हुन् ।
प्रहरीले उठाएको मुचुल्कामा रेग्मीको टाउकोमा ७ इन्च लामो २ इन्च गहिरो घाउ रहेको उल्लेख छ । घट्ना शंकास्पद रहेको धनुषा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया