धनुषा चेम्बरद्वारा दैनिक ज्यालादारीलाई सहयोग

समाचार

4/2/2020

जनकपुरधाम, २० चैत । धनुषा चेम्बर अफ कमर्सले कोरोनाका कारण कामविहीन भएका गरिब, विपन्न तथा असहायलाई राहत सामग्री वितरण गरेको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरेपछि दैनिक मजदुरी गरी घरपरिवार चलाउने एक सयजना गरिब विपन्नलाई चामल ५ किलो, आलु २ किलो, दाल र सोयाबिन ५००–५०० ग्राम र नुन १ किलोका दरले राहत वितरण गरिएको कमर्सका उपाध्यक्ष सलामत राइनले बताए ।

त्यसैगरी, कमर्सले महोत्तरीको परकौलीस्थित नेपाली सेनाको ब्यारेकमा ५ सय, प्रादेशिक अस्पतालमा ५ सय र धनुषाको नगराइनस्थित क्वारेन्टाइनमा २ सय २५ मास्कसमेत वितरण गरेको छ ।

यसअघि पनि चेम्बरलेधनुषाका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई २५ सय मास्क वितरण गरेको कमर्सका उपाध्यक्ष तथा मास्क व्यवस्थापन समितिका संयोजक सलामत राइनले बताए ।

यसैबीच, मिसन दहेजमुक्त समाज जनकपुरले ४ सय गरिब विपन्नलाई खाद्यान्न सामग्री वितरण गरेको छ  ।

५ किलो चामल, २ किलो आलु, १ किलो प्याज, खानेतेल, नुनलगायत सामग्री वितरण गरिएको समाजका महासचिव इर्द महोम्मद साफीले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ