धान काट्ने क्रममा ट्याक्टरको चक्काले थिचिएर मृत्यु

समाचार

6/9/2021

बारा, २६ जेठ । सुवर्ण गाउँपालिका–३ चरमोहनास्थित खेतमा प्र.२–०३–००१ त १९३२ नम्बरको ट्याक्टरबाट धान काट्ने क्रममा ट्याक्टरको चक्काले थिचिएर सोही गाउँपालिका–१ बस्ने रामपुकार मुखियाको छोरा ५ वर्षीय मिठु कुमार मुखियाको मृत्यु भएको छ ।

मंगलबार दिउँसो धान टिप्ने क्रममा उक्त ट्याक्टरको चक्काले थिचिदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टर र ट्याक्टर धनि राम नाथ बैठा धोवीलाई नियन्त्रणमा लिई हाल फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ