धान कुट्ने मेशिनको पट्टामा फस्दा किशोरीको मृत्यु

समाचार

12/27/2020

सप्तरी, १२ पुस । धान कुट्ने मेसिनको पट्टामा फस्दा सप्तरीमा एक किशोरीको मृत्यु भएको छ ।

अग्निसाईर कृष्णसावरण गाउँपालिका–६ रथवाला बस्ने राजदेव पंडितकी १७ वर्षीया छोरी नोमिका पंडितको मृत्यु भएको छ ।

आफ्नै धान कुट्ने मिलमा धान कुटिरहेको अवस्थामा मिलको पट्टामा फस्दा आइतबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ