वीरगन्ज, ११ चैत । भारतबाट धान बोकेर आएको ट्रकबाट भन्सार राजश्व छलेर ल्याइएको १ करोड भन्दा बढि मुल्यको कपडा बरामद भएको छ ।
वीरगन्जको सिर्सियास्थित एकीकृत भन्सार जाँच चौकी (आइसीपी) बाट धानको भन्सार जाँचपास गराएर बाहिरिएको ट्रकबाट सशस्त्र प्रहरीले १ करोड ५ लाख रुपैया मुल्यको कपडा बरामद गरेको हो ।
तिरुपती खाद्य तथा भूसा सप्लायर्सको नाममा भन्सार जाँच पास भएको धान बोकेको बिआर ०६ डिबी ४१५६ नम्बरको भारतीय ट्रक, आइसीपीबाट काठमाण्डौ जान लागेको बेला शंका लागेर सशस्त्र प्रहरीले जेकजाच गरेको थियो ।
चेकजाँचको क्रममा ट्रकमा दुई लेयर धानको बोरा राखेर तल सटिङ सुटिङ, कुर्थासुर्वाल, साडी लगायतका कपडा फेला परेपछि सशस्त्र प्रहरीले कपडा र धान सहितको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा ३ लाख रुपैयाको धानको भन्सार जाचपास गरिएको थियो ।
सशस्त्र प्रहरीले कपडा र धान सहितको ट्रक नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको सशस्त्र प्रहरी १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
ट्रकबाट बरामद गरिएको कपडाको कपडाको मूल्य १ करोड ५ लाख रुपैयाँ मूल्यांकन गरिएको राजश्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख टङक पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया