धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

समाचार

7/7/2021

सर्लाही, २३ असार । ईश्वरपुर नगरपालिका–४ सागरनाथ बस्ने ३५ वर्षीय सानु भन्ने कृष्ण बहादुर स्यङबोलाई धारिलो हतियार चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५८ वर्षीय पाल दोर्जे स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ ।

पुरानो रिसिबीको कारण बादविवाद हुँदा दोर्जेले कृष्ण बहादुरलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी फुल्जोर र ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते कृष्ण बहादुरको लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ