नक्कली डाक्टर बनी विरामी जाँच गर्ने पक्राउ

समाचार

10/13/2020

पर्सा, २७ असोज । वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरमा नक्कली डाक्टर बनी बिरामी जाँच गरेको अभियोगमा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४० वर्षीय नारद साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।

तेलीले डाक्टर शिवशंकर (डा.एसएस यादव) को नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी उपचार तथा गर्भवती महिलाहरु समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ