काठमाडौं, १८ असार । सजपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपालाई दुई तिहाई नपचेको टिप्पणी गरेका छन् ।
नेकपामा प्रधानमन्त्री र अध्यक्ष पदबाट केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने दबाबपछि विकसित राजनीतिक घटनाक्रम र संसद अधिवेशन अन्त्य भएका बेला पूर्वप्रधानमन्त्री भट्टराईले उक्त टिप्पणी गरेका हुन् ।
‘कुनैकुनै प्राणीलाई घ्यू पच्दैन रे! हाम्रा कमरेडहरूलाई पनि दुईतिहाई करिब बहुमतको सरकार नपचेको जस्तो छ,’ सामाजिक सञ्जाल ट्विटरमार्फत भट्टराईले भनेका छन्, ‘त्यो अजीर्णताले संसद र लोकतन्त्रलाई नै हानी गर्ने हो कि भन्ने खतरा बढी गम्भीर भो !’
भट्टराईले त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस् भन्दै खबरदारी गर्नुपर्ने बताएका छन् ।
तपाईको प्रतिक्रिया