नाकामा निगरानी

समाचार

4/28/2021

सप्तरी, १५ बैशाख । कोरोना सङ्क्रमणको दोस्रो लहरको उच्च जोखिमलाई टृष्टिगत गरी सप्तरी प्रशासनले भारतीय बजार आवत जावतमा कडाइ गरी निगरानी बढाइएको छ ।

सप्तरीको भारत बिहारसँग जोडिएको मुख्य नाका कुनौली भन्सारबाट आउने जाने मानिसलाई कडाइ गरी निगरानी बढाइएको हो ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द«को बैठकले भारतसँग खुला रहेको कुनौली नाकाबाट सङ्क्रमित आउने सम्भावनालाई टृष्टिगत गरी राजविराजबाटकुनौलीसम्म बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म मात्र मोटरसाइकल, सिटी, अटोलगायतको सवारी साधन आवत जावत गर्न दिने निर्णय गरेको छ ।

त्यस्तै, कुनौलीबाट राजविराजबाहेक जिल्लाभित्र र बाहिर लामो दुरीमा सञ्चालन हुने बसलाई पूर्ण रोक लगाउने निर्णय गरेको छ । सोमबार गरिएको यस्तो निर्णयपछि मङ्गलबार राजविराज–कुनौली सडक खण्डको राजविराजस्थित प्रहारले ढाट तेर्साएर आवत जावत कडाइ गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ