काठमाडौं, २७ मंसिर । सीमानाका खोलाउन नेपाल–भारत सीमा सम्वाद समूहले करिब एक महिनादेखि निरन्तर विरोध तथा धर्नाका कार्यक्रमहरु गर्दै आएको छ ।
नाकाहरु पुर्ववत् रुपमा सरकारले औपचारिक रुपमा खोल्नुपर्ने माग गर्दै सीमावर्ती जिल्लाहरुमा विरोध तथा धर्नाका कार्यक्रमहरु चल्दै आएको छ ।
सरकारले पुस पहिलो सातादेखि नेपाल–भारत सीमाकाना नखोले जनता आफैले कठोर निर्णय गर्न बाध्य हुने सीमा सम्वाद समूहका सदस्य अनिल महासेठले चेतावनी दिएका छन् ।
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्यसमेत रहेका महासेठले भारतवाट लुकी छिपी आउ जाउ भइरहे पनि प्रहरी प्रशासनले अनावश्यक दुःख दिने गरेको भन्दै सरकारले औपचारिक रुपमै पुर्ववत रुपमा नाकाहरु खोल्नु पर्नै माग गरेका छन् ।
सीमानाका खोलाउन जसपाका नेताहरुको साथै सवै पक्षका युवाहरु र व्यापारीहरुको यसमा सहभागिता बढ्दै गएको उनले बताए ।
तपाईको प्रतिक्रिया