काठमाडौं, १० जेठ । नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आइतबार जारी नेपाल नागरिकता अध्यादेशको मधेशलगायत देशैभर स्वागत गरिएको छ ।
वर्षौंदेखि अनागरिकको जीवन बिताइरहेकाहरुले अब नागरिक बन्न पाउने भएका छन् । यस अवसरमा मधेशभरि दीपावलीसमेत मनाइएको छ ।
मधेशभरि दीपावली मनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोलगायतको जय–जयकार पनि गरिएको छ ।
यता, नागरिकता अध्यादेशको विरुद्धमा जसपाकै अर्का गुट उपेन्द्र यादव र बाबुरामहरु असन्तुष्ट देखिएका छन् । उपेन्द्र करिब दुई वर्षसम्म ओली सरकारमा बसेर पनि केही गर्न सकेनन् तर महन्थ र राजेन्द्रहरु सरकारबाहिर भए पनि मागहरु सम्बोधन गराउँदै छन् ।
मधेशका माग र एजेन्डालाई राजनीतिक हतियारको रुपमा मात्र प्रयोग गर्दै आएको उपेन्द्र एजेन्डा नै समाप्त हुन थालेपछि विरोधमा उत्रिनु स्वाभाविक नै रहेको मधेशी बुद्धिजीबीहरुको तर्क छ ।
तपाईको प्रतिक्रिया