नागरिकता माग गर्दै धनुषाको ढल्केबरमा प्रदर्शन

समाचार

6/13/2021

जनकपुरधाम, ३० जेठ । धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनु पर्ने माग गर्दै शुक्रबार प्रदर्शन गरेका छन् ।

सरकारले अध्यादेशमार्फत जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर्न ल्याएको कानुन बिहीबार सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्दै नागरिकता वितरणमा रोक लगाएपछि प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा नागरिकताबाट बञ्चित युवाहरूको सहभागिता थियो । उनीहरू प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

प्रदर्शनका सहभागी युवाले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नागरिकता प्रदान गर, जन्मसिद्धका सन्तानलाई–नागरिकता दे, गैरनागरिक बनाउन–पाइँदैन, देशका असल नागरिक– पहिचान गर, संविधान संशोधन छिटो गर जस्ता नारा लगाएका थिए ।

ढल्केबरस्थित खानेपानी कार्यालय अगाडिबाट निकालिएको विरोध प्रदर्शन ढल्केबर चोकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडि पुगेर कोणसभामा परिणत भएका थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ