जनकपुरधाम, १६ असार । नागरिकता विधेयकका विभेदकारी प्रावधान हटाउन माग गर्दै जनता समाजवादी पार्टी (जसपा) ले जनकपुरमा प्रदर्शन गरेको छ ।
विदेशी बुहारीलाई ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने र विदेशी ज्वाइँलाई नागरिकता नदिने प्रावधान विरुद्ध प्रदर्शन गरिएको जसपाले जनाएको छ ।
प्रदर्शनका क्रममा उनीहरुले जातीय विभेद अन्त्य गर्नुपर्ने, नागरिकता विधेयकका विभेदकारी प्रावधान खारेज गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार जसपाले प्रत्येक जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेको हो ।
तपाईको प्रतिक्रिया