काठमाडौं, १६ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले निर्णय गरेको नागरिकसम्बन्धी विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले बहुमतबाट पारित गरेपछि त्यसको विरोधमा मधेशमा लगातार विरोध प्रदर्शन भइरहेको छ ।
नेकपाको सो निर्णयको विरुद्धमा प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपालले पनि विरोध गर्दै आएको छ ।
यसैक्रममा जनता समाजवादीले आज संघीय राजधानी काठमाडौं लगायत देशैभरिको सदरमुकाम तथा मुख्य शहरहरुमा विरोध प्रदर्शन र सभाहरुको आयोजना गर्दैछ ।
नेकपाको सचिवालयले विदेशी महिलासँग नेपाली पुरुषले विवाह गरेर नेपाल ल्याइसकेपछि सात वर्षपछि मात्रै नेपाली नागरिकता दिनुपर्ने प्रावधानसहितको निर्णय गरेको थियो ।
बुहारीसँग विभेद गर्न पाइँदैन भनेर जसपा र कांग्रेसले विरोध गरिरहेका छन् । कांग्रेसका नेता कार्यकर्ताहरुले पनि दिनहुँ मधेशका जिल्लाहरुमा विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।
तपाईको प्रतिक्रिया