वीरगञ्ज, ८ साउन । वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी अस्पतालमा निर्माण भइरहेको अटोमेटिक अक्सिजन प्लान्टको अनुगमन गरेका छन् ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको संसदीय कोषको रकमबाट वीरगञ्जस्थित नारायणी अस्पतालमा निमार्णाधीन अटोमेटिक अक्सिजन प्लान्टको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीसहितको टोलीले अनुगमन गरेको हो ।
अनुगमनका क्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले निमार्णाधीन अटोमेटिक अक्सिजन प्लान्ट अन्र्तगतका वायरिंग तथा पाईप जडानका लागि नगरस्तरीय कोषको ५० लाख सहयोग गर्ने जनाए ।
अस्पतालले दिने सेवासहित अस्पतालको आकस्मिक कक्षको पनि नगरप्रमुख सरावगी अनुगमन गरे । नगरप्रमुख सरावगीले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. वीरेन्द्रबहादुर प्रधानलाई अस्पतालले दिने सेवालाई चुस्त र दुरुस्त बनाउन निर्देशन पनि दिए ।
तपाईको प्रतिक्रिया