रौतहट, १० असार । रौतहटको मौलापुर नगरपालिकाको नगरसभाको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ । झडपको क्रममा प्रहरीले एक दर्जन बढी अश्रुग्यास प्रहार गरेको छ ।
झडपमा एक प्रहरी घाइते भएका छन् । केही प्रदर्शनकारी पनि घाइते भएका छन् । झडप सुरु भएपछि मौलापुर बजार बन्द गरिएको छ ।
मौलापुर नगरपालिकाको नगरपरिषदमा कडा सुरक्षा अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवले मौलापुरको स्थिति खराब भएपछि नियन्त्रणमा लिन सुरक्षाकर्मीले केही थान अश्रुग्यास प्रहार गरेको बताए ।
तपाईको प्रतिक्रिया