नदीजन्य पदार्थ उत्खनन गर्ने जेसिबीसहित पाँच ट्याक्टर नियन्त्रणमा

समाचार

11/8/2020

जलेश्वर, २३ कार्तिक । महोत्तरी जिल्लाको रातु नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गरिरहेको एक जेसिबीसहित पाँच ट्याक्टरलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं. गण जलसागरको टोलीले सूचनाको आधारमा जलेश्वर नगरपालिका वडानं. ७ मा रहेको रातु नदीमा उत्खनन गरिरहेका ती गाडीहरु नियन्त्रणमा लिई जिल्ला समन्वय समितिको जिम्मा लगाएको छ ।

सूचना पाएपछि पुगेका सशस्त्र प्रहरीको टोलीलाई देखेपछि गाडीका चालकहरु भागेका थिए । सशस्त्र प्रहरीले नदीजन्य पदार्थ उत्खनन् गरिरहेका बा २ क ६८० नम्बरको अनटेष्ट जेसिबी, प्रदेश २–०२–००१ त ०७४६, ज १ त ९००१, ना ७ त ७३७५, ज १ त ९९६२, ज २ त २७९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल ९ नं. गण जलसागरले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ