नेपालका जेलमा ८८६ भारतीय नागरिक

समाचार

2/18/2021

काठमाडौं, ६ फागुन । नेपालका विभिन्न जेलमा ८८६ भारतीय नागरिक कैदी बन्दीको रुपमा रहेको एक तथ्यांकले देखाएको छ ।

भारतीय विदेश मन्त्रालयले त्यहाँको राज्य सभालाई गराएको जानकारी अनुसार १३२ देशमा ७ हजार भन्दा बढी भारतीय नागरिक कैदीको रुपमा रहेका छन् ।

भारतीय विदेश मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी साउदी अरेवियाको विभिन्न जेलमा १५९९ भारतीय कैदीहरु रहेका छन् ।

त्यसैगरी युएई, वेलायत, कतार, मलेसिया इटलीलगायतका मुलुकमा धेरै भारतीय कैदी बन्दी रहेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ