नेपालगञ्‍ज विमानस्थलको पार्किङस्थल विस्तार

समाचार

12/10/2020

नेपालगञ्‍ज, २५ मंसिर । नेपालगञ्‍ज विमानस्थलको पार्किङ क्षेत्र विस्तार गरिएको छ । २८ करोड ५३ लाख लागतमा पार्किङस्थल विस्तार कार्य सम्पन्न भएको हो । विस्तार पछि अब एकै साथ ६ वटा विमानलाई पार्किङ गर्न सकिने छ । पार्किङस्थल विस्तारपछि एटिआर ७२ देखि एयरबस ३२० सम्मका विमानहरू पार्किङ गर्न सहज हुनेछ ।

पार्किंङस्थलको विस्तारसँगै नेपालगञ्‍ज विमानस्थलको स्तरोन्नति गर्नका नयाँ मास्टर प्लान (गुरु योजना ) स्वीकृत गरी ४ अर्बको लगानीमा अत्याधुनिक सुविधासम्पन्न नयाँ टर्मिनल भवन र रनवे विस्तार कार्य सुरु गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगञ्‍ज कार्यालयका प्रमुख प्रेम नाथ ठाकुरले बताए ।

सरकारले नेपालगञ्‍ज र बिराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ नेपाल सरकारले मास्टर प्लान स्वीकृत गरेको हो ।

नेपालगञ्‍ज विमानस्थलको रनवे (धावन मार्ग) को लम्बाइ १ हजार ५ सय २४ मिटर र चौडाइ ३० मिटर छ । २०७७ फागुनसम्ममा थप २०० मिटर धावनमार्ग विस्तारको काम सम्मन्न गरेर १ हजार ७ सय २४ मिटर पुराइने गरी काम भइरहेको छ । हाल नेपालगञ्‍ज विमानस्थलबाट दैनिक ४० वटा सरदर उडान हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ