नेपालगन्जमा लकडाउन

समाचार

4/22/2021

नेपालगन्ज, ९ बैशाख । कोरोना महामारीले बिकराल रुप लिएपछि नेपालगन्जमा बिहीबारदेखि लकडाउन गरिएको छ । लकडाउनपछि नेपालगन्ज बजार पूर्ण रुपमा बन्द भएको छ । अति आवश्यक व्यवसाय बाहेक अरु खुलेका छैनन् ।

सडकमा अति आवश्यक कामका ब्यक्तिहरु मात्रै हिडेको देख्न सकिन्छ । नेपालगन्जका सबै स्थानमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने सुरक्षाकर्मीहरुले अनावश्यक रुपमा फाट्टफुट्ट हिंडेकालाई सम्झाईबुझाई फर्काइरहेको प्रहरीले जानकारी दिएको छ ।

कोरोना तीव्र रुपमा फैलिएपछि स्थानीयहरु पनि सचेत बनेर आ–आफ्नो घरमा बसिरहेका छन् । नेपालगन्जमा फार्मेसी भने खुलेका छन् । प्रहरीले नेपालगन्जका विभिन्न स्थानमा गएर अनावश्यक रुपमा खुलाइएका पसलहरु भने बन्द गराएको छ ।

त्यस्तै भारतबाट आएर जमुनहा नाकामा आएका नेपालीहरुलाई भने नेपालगन्ज उपमहानगरपालिकाका बस गएर ल्याउने कार्य जारी छ । पहिले नै तोकिएका परीक्षा भने सन्चालन भइरहेको छ । लकडाउन एक सातासम्म हुनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ