नेपालगन्ज उपमहानगर–१४ मा जनमतको वडा अधिवेशन सम्पन्न

समाचार

11/14/2020

बाँके, २९ कार्तिक । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१४ मा जनमत पार्टीको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।

शनिबार पार्टीका संस्थापक केन्द्रीय सदस्य इरफान अहमद शेषको प्रमुख आतिथ्यतामा तथा नसिमुन शेषको अध्यक्षतामा वडा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा अन्य नेताहरू जिल्ला अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमतका नेता तथा जिल्ला सदस्य रियाज अंसारी, जिल्ला सदस्य जाबिर हल्वाई, जिल्ला सदस्य नाजमा बागवान, नौसाद अंसारी, शैलेन्द्र कुमार कर्ण, राजू शेष, नसिमुन शेष, कुन्नी चमार, शीला रैदास, प्रहलाद यादव, जिल्ला सदस्य कलामुद्दीन शेष, राहुल शेष, शम्साद शेष, इसारत शाह, इसराईल शेष, अफरोज जहाँ शेष, जास्मिन शेष, मुस्तफा अंसारी, मुकिम शेष,अलि हुशेन अंसारी लगायतको उपस्थितमा कार्यक्रम सम्पन्न गरिएको हो। आजको भेलावाट सर्वसम्मतिले ११ सदस्यीय वडा समिति चयन गरिएको छ ।

भेलावाट चयन भएका समितिमा अध्यक्ष सलीम बागवान, उपाध्यक्ष पुनमदेबी कोरी, कोषाध्यक्ष समुन्द्री कोरी, सचिव इरसाद राई, सदस्यद्वय प्रमानन्द भाँट,दिल बहार अंसारी, सीता सिंह, गुलाम रसूल, सहिरुल निशा शाह, कासिम जोलाह, हजरत अली बागवान तथा मायावती बसखोर रहेका छन् ।

कार्यक्रममा बोल्दै इरफान अहमद शेषले अबको दिनमा मधेशको सम्पूर्ण नेतृत्व जनमतले नै गर्ने भनेका छन, मन्तब्य राख्दै नेता शेषले पूर्व मधेशी नेताहरू माथि खनिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ