नेपाल–चीन सीमा स्तम्भहरुको प्रतिवेदन माग गर्दै धर्ना

समाचार

1/27/2021

काठमाडौं, १४ माघ । राष्ट्रिय अभियान नेपालले नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोर्डिनेट तथा सुपरिवेक्षणको प्रतिवेदन सार्वजनिकको माग गर्दै नापी विभागको आगाडी धर्ना शुरु गरेको छ ।

अभियानका संयोजक विनय यादवले नापी विभागसँग नेपाल–चीन सीमा स्तम्भहरुको जीपीएस कोओर्डिनेट, सीमा स्तम्भहरुको पछिल्लो सुपरिवेक्षणको प्रतिवेदन पटक–पटक माग गरेको तर हालसम्म उपलब्ध नगराएको कारण धर्ना बस्न बाध्य भएको बताए ।

चीनले नेपालको भूमि मिचेको कुरा पटक–पटक बाहिर आएको हो तर नेपाल तथा चीनका सरकारले त्यो कुरा स्वीकार नगरेको हुँदा वास्तविकता के हो बुझ्नका लागि प्रतिवेदन माग गरेको तर हालसम्म नापी विभागले उपलब्ध नगराएको कारण आफूहरु धर्नामा बसेको बताए ।

नेपाली काँग्रेसले चीनले नेपालको भूमि मिचेको कुरा प्रमाणसहित प्रतिवेदन तयार गरेको छ । सञ्चारमाध्यममा पनि पटक–पटक कुरा आएको छ तर सरकार यसमा गम्भीर नभएको कारण अभियानले सत्य तथ्य खोजीका लागि नापी विभागसँग केही तथ्यहरु माग गरिएका उनले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ