नेपाल–भारतको विवाद सुधारोन्मुख : भारतीय विदेशमन्त्री जयशंकर

समाचार

12/3/2020

काठमाडौं, १८ मंसिर । भारतका विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतबीचको विवादमा सुधार आइसकेको बताएका छन् । दुई देशबीच केही विषयमा विवाद रहे पनि पछिल्लो साता दुवै राष्ट्र अघि बढिसकेको बताएका छन्।

भारतीय पत्रिका द हिन्दुका लागि दिएको अन्तर्वार्तामा उनले दुई देशबीच केही समस्या भएपनि ती छिट्टै हल हुने बताएका छन् ।

जयशंकरले विश्वभर नै छिमेकी राष्ट्रहरुबीच समस्या हुने भन्दै भने, ‘समस्याहरु हुन्छन् । दुई छिमेकी राष्ट्रबीच समस्य नभएको कहाँ छ, मलाई देखाउनुस् । ती समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने चाहिँ प्रश्न हो । साझा विन्दु पत्ता लगाएर सम्बन्धमा देखिएको दरारहरुलाई कसरी कम गर्ने भन्नेमा अब सोच्नुपर्छ ।’

दुई देशबीचको समस्या समाधानमा अघि बढीसकेको भन्दै उनले भनेका छन् ‘एउटा समय थियो जहाँ हामीबीच समस्याहरु थिए । तर गएको केही हप्तामा नेपाल र भारतले अघि बढ्ने निर्णय गरिसकेको मलाई लाग्छ । यो दुवै राष्ट्रको आपसी हितमा छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ