काठमाडौं, ६ भाद्र । नेपाल–भारतबीच खाद्य वस्तु तथा तरकारीलगायतका वस्तुहरुको उत्पत्ति प्रमाणपत्र र गुणस्तर प्रमाणपत्र र स्वच्छता प्रमाणपत्र दुबै देशमा मान्य हुनेगरी सम्झौता भएको छ ।
भारतको खाद्य सुरक्षा हेर्ने प्राधिकरण र नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
विश्व व्यापार संगठनका सदस्य राष्ट्रहरुले आफ्नो देशको आधिकारिक प्रयोगशालामा जाँच गरि गुणस्तर प्रमाणपत्र प्राप्त गरेका खाद्य वस्तु तथा उपभोग्य सामाग्री सीमा नाकामा परिक्षण गर्नु गराउनु पर्दैन ।
तपाईको प्रतिक्रिया