नेपाल–भारत उडान हप्तामा दुई पटक

समाचार

5/14/2021

काठमाडौं, ३१ बैशाख । दुई देशका नागरिकलाई मात्रै उडान अनुमति भएको एयर बबल अवधारण अनुसार सातामा बुधबार र शुक्रबार गरी दुई दिन काठमाडौं–दिल्ली उडान हुने भएका छन् ।

नागरिक उड्डयन प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार भारतीय ध्वजाबहाक कम्पनी एयर इन्डियाले शुक्रबार दिल्ली–काठमाडौ–दिल्ली उडान गर्दैछ ।

शुक्रबार दिउँसो साढे २ बजे काठमाडौं अवतरण हुने एयर इन्डियाले १ सय ८० सिट क्षमताको एयरबस–३२० जहाज उडाउने अनुमति लिएको छ भने निगमले १ सय ५८ सिट भएको एयरबस–३२० बाट उडान गर्ने छ ।

त्यस्तै, नेपाल वायुसेवा निगमले बुधबार काठमाडौं–दिल्ली–काठमाडौं उडानको तालिका सार्वजनिक गरेको छ ।

प्राधिकरणले स्वास्थ्य मन्त्रालयले हवाइ यात्रु र क्वारेन्टाइनबारे जारी गरेको निर्देशिका अनुसार नेपाल भारत उडान अनुमति जारी गरेको छ ।

त्यस्तै, यी उडानबाट सेवा लिने यात्रुबारे दुवै मुलुकले तोकेका छन् । अर्थात् यी उडानमा नेपाली र भारतीबाहेक तेस्रो मुलुकका नागरिकले यात्रा गर्न पाउने छैनन् ।

विशेष परिस्थितीका लागि तोकिएका उडान भएकाले नेपालले काठमाडौं आउने यात्रुसँग बारकोड र फोटोसहितको पीसीआर रिपोर्ट अनिवार्य संलग्न हुनुपर्ने नियम बनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ