नेपालगञ्ज, ९ चैत । नेपाल–भारत मैत्री संघको सातौं केन्द्रीय महाधिवेशन नेपालगञ्जमा सम्पन्न भएको छ । महाधिवेशनको उदघाटन् नेपाली काँग्रेसका नेता सञ्जयकुमार गौतमले गरे ।
त्यस अवसरमा उनले नेपाल र भारतको सम्बन्ध बुझ्न सीमा नाकामा आए सजिलो हुने बताए ।
उनले राजधानीमा बसेर दुबै देशको सम्बन्ध तय गरिने गरिएकोलेनै बेला बेलामा सिमानामा समस्या आउने गरेको बताए ।
भारतका लागि नेपालका पूर्व राजदूत प्रा. लोकराज बरालले दुबै देशको सम्बन्ध नेपाल र भारतको सरकारले बनाएको सम्बन्ध नभई करोडौं जनताबीचको सम्बन्ध भएकाले सोही बमोजिम अगाडि बढ्नुपर्ने बताए ।
भारतीय राजदूतावासका प्रथम राजनीतिक सचिव रोहित मिश्राले दुबै देशका सरकारहरु परिवर्तन भइरहने कुरा भए पनि दुबै देशका जनताको सम्बन्ध भने कहिले पनि परिवर्तन नहुने खालको रहेको चर्चा गरे ।
महाधिवेशनमा ७७ वटै जिल्लाका प्रतिनिधिहरुको सहभागिता थियो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान पनि गरिएकको थियो ।
तपाईको प्रतिक्रिया