काठमाडौं, २८ चैत । नेपाल–भारत मानव विकास एवं मैत्री संघले सुदूरपश्चिम प्रदेशमा कोरोना विरुद्धको स्वास्थ्य उपचारमा रहेका चिकित्सकका लागि अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।
संघले कोरोना भाइरस विरुद्धको स्वास्थ्य उपचारमा संलग्न चिकित्सकका लागि दुई सय थान पीपीईसहित आवश्यक स्वास्थ्य सामग्री सरकारलाई उपलब्ध गराएको छ ।
सूदुरपश्चिम प्रदेशको समन्वयको जिम्मेवारी पाएकी खानेपानीमन्त्री बिना मगरलाई सहरी राज्यमन्त्री रामवीर मानन्धरसहित नेपाल–भारत मानव विकास एवं मैत्री संघका पदाधिकारीहरुले ती सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।
स्वास्थ्य सामग्री ग्रहण गर्दै खानेपानी मन्त्री मगरले सूदुरपश्चिममा देखिएको अवस्थालाई मध्यनजर गरेर आवश्यक समन्वय भइरहेको र उपलब्ध भएका सामग्रीहरु छिट्टै प्रदेश सरकारलाई हस्तान्तरण गरिने बताइन् ।
तपाईको प्रतिक्रिया