काठमाडौं, २४ भाद्र । नेपाल–भारत उद्योग वाणिज्य संघले नेपाल–भारतबीचका व्यापार सम्झौताहरूले व्यापारमा सहजीकरण भएको बताएको छ ।
वाणिज्य संघ र नेपालका सञ्चारमाध्यमबीच वेबिनारमार्फत भएको दुईदेशीय व्यापार सम्बन्धबारेको कार्यक्रममा संघकी अध्यक्ष सृजना राणाले नेपाल–भारत व्यापारिक सम्बन्धका विविध पक्षबारे भएका प्रयास तथा कार्यबारे विशेष प्रस्तुतीकरण दिएकी थिइन् ।
वेबिनारमा संघले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत तय भएका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका कार्यक्रम तथा नेपाल–भारतबीच व्यापार, वाणिज्य, पारवहन, भन्सार, वैदेशिक लगानी, रेल सेवा सम्झौतामा गरिनुपर्ने आमूल परिवर्तन र यसअन्तर्गत विभिन्न समस्याबारे चर्चा भएको थियो ।
तपाईको प्रतिक्रिया