नेपाल–भारत सीमानाका निरीक्षण

समाचार

9/15/2020

वीरगन्ज, ३० भाद्र । जनता समाजवादी पार्टी नेपालका संघीय सांसद र सुरक्षा निकायसहितको टोलीले पर्साको नेपाल–भारत सीमानाकाको निरीक्षण गरेको छ ।

सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी कृष्णभक्त ब्रह्मचार्य सहितको सुरक्षा निकायको टोलीले भारतसँग सीमा जोडिएको पर्साको विभिन्न सिमा नाकाको निरीक्षण गरेका हुन् ।

सुरक्षा निकायको टोलीद्वारा वीरगञ्जको मुख्य भन्सार नाका मितेरी पुलको जर्जर अवस्थाको अवलोकन तथा इनर्वा, बलिरामपुर, छपकैया, भिस्वा, जानकी टोला लगायतका नाकामा पुगेर अवस्थाबारे जानकारी लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा सिल गरेपनी खुला सीमाको कारण भारतबाट नेपालतर्फ मानिसको आवात जावत तथा अवैध चोरी पैठारीलाई नियन्त्रण गर्न सुरक्षा निकायका प्रमुखहरु निरीक्षण गरेका हुन् ।

निरीक्षणका क्रममा पर्साका सांसदद्वय लक्ष्मणलाल कर्ण, प्रदिप यादव, पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला समन्वय समितीका सभापति नेक महमद अंसारी, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडका लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ