पर्सा, ३ जेठ । पर्साको ठोरी गाउँपालिका–३ को नेपाली भूमिमा काँडेतार लगाइएको छ । सीमा क्षेत्रनजिक १० गजा छाडेर ठोरी–३ मा ४ किलोमिटर जमिनमा काँडेतार लगाइएको हो ।
२०/२५ बर्षबाट जंगली जनावरले हैरान नागरिकको समस्या तीन वर्षदेखि लगाउन थालिएको काँडेतारले राहत दिएको स्थानीयले बताए ।
गत स्थानीय तहको निर्वाचनमा आफू वडाध्यक्ष भएपछि जनताकै चाहना अनुसार बिकास बजेटबाट काँडेतार लगाइएको ठोरी–३ का वडाध्यक्ष सूर्य लामाले बताए ।
काँडेतारले खुल्ला सीमाको फाइदा उठाउँदै हुने अन्य आपराधिक गतिविधि पनि रोकिएको छ ।
अझ कोरोना संक्रमितको आशंकामा भारतबाट सुटुक्क सीमा कट्नेहरुलाई पनि काँडेतारले छेकेको उनले बताए । भारतीय पक्षसँग नै सहमति गरेरै दशगजा क्षेत्र छोडेर काँडेतार लगाउन थालिएकोे उनले बताए ।
तपाईको प्रतिक्रिया