नेपाल–भारत सम्बन्ध राजनीतिक खिचातानीले बिगार्न सक्दैन : नेता राणा

समाचार

7/29/2020

काठमाडौं, १४ साउन । पूर्व अर्थराज्यमन्त्री एवं नेपाली कांग्रेसका नेता उदयशम्शेर राणाले नेपाल भारतबीचको सम्बन्धलाई राजनीतिक खिचातानीले बिगार्न नसक्ने बताएका छन् ।

नेपाल र भारतबीचको सम्बन्ध राजनीतिक रुपमा नभएर भावानात्मक एवं पारिवारीक रुपमा रहेको उल्लेख गर्दै राणाले यसलाई राजनीतिक स्वार्थले विगार्न नसक्ने बताएका हुन् ।

राणाले नेपाल भारतबीच युवा एवं नागरिकहरुको सम्बन्धलाई राजनीतिक खिचातानीले असहज पारिरहेको समेत बताए । नेपाल–भारत सहयोग विषयमा भएको वेबनारमा बोल्दै नेता राणाले दुई देशबीचको सम्बन्धलाई राजनीतिकस्तरबाट माथि राखेर हेर्नुपर्ने बताए ।

जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर एसडी मुनीले नेपाल र भारतबीचको सम्बन्धले क्षेत्रीय शक्ति सन्तुलन, स्थानीय राजनीति एवं भारतको पूर्वीविदेश नीति र विदेशी हस्तक्षेपलाई असर पार्ने बताए ।

पण्डित दीन दयाल उपाध्याय अनुसन्धान केन्द्र, माहात्मा गान्धी विद्यापीठ, वराणयसी र राष्ट्रिय सेवा योजनाले वेबनारको सहकार्य गरेको थियो ।

कार्यक्रममा कांग्रेस सांसद तथा केन्द्रीय सदस्य अभिषेक प्रताप शाहले नेपाल– भारतबीचको संयुक्त सहकार्यमा प्रविधि र मेडिसिन क्षेत्रमा ठूलो उपब्धि हासिल गर्न सकिने बताए ।

वेबइनारको अध्यक्षता गरेका महात्मा गान्धी कासी विद्यापीठ वाराणसीका कुलपति प्रोफेसर टीएन सिंहले इन्डो–नेपाल सम्बन्ध सांस्कृतिक एवं मैत्रिक भएको र यसले आर्थिक एवं राजनीतिक समस्याहरुलाई हल गर्न सक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ