कैलाली, ३२ जेठ । नेपाल–नेपाल भारत सीमा क्षेत्रमा हुने समस्या नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी बढाएको छ । कैलाली जिल्लाको नेपाल भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरीले निगरानी बढाएको हो ।
सीमा अतिक्रमण रोक्न, अवैध ढंगले नेपाल भारत प्रवेश गर्न नदिन, अवैध क्रियाकलाप नियन्त्रण गर्न, चोरी निकासी बन्द गर्न तथा सीमा क्षेत्रका नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन निगरानी बढाएको सशस्त्र प्रहरीले जनाएको छ ।
१०१ किलोमिटर खुल्ला सिमाना रहेको कैलालीमा पछिल्लो समय ६ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरिएको छ । कैलालीमा पनि बीओपीको संख्या बढेको छ । अब सीमा सुरक्षा एवं सीमा क्षेत्रका नागरिकले सुरक्षाको प्रत्याभूति गर्ने जनाइएको छ ।
गत ३० मंसिरमा नेपालमा ११४ वटा नयाँ बीओपी स्थापना गर्ने मन्त्रिपरिषदले निर्णय गरेको थियो । सोहीअनुसार कैलालीमा थप ६ वटा बीओपी स्थापना गरिएको हो । यसअघि जिल्लाको फूलबारी, भजनी र खक्रौलामा तीन वटा मात्रै पोष्ट थियो ।
पछिल्लो एक सातामा कैलारी गाउँपालिका ७ भुइँयाफाँटा, धनगढी उपमहानगरपालिका ९ बंगराकटान, १० जुगेडा, कैलारी गाउँपालिका ३ खोनपुर, भजनी नगरपालिका ७ हिक्मतपुर र टीकापुर नगरपालिका ८ श्रीलंकाटापुमा बीओपी स्थापना भएका हुन् ।
तपाईको प्रतिक्रिया