नेपालमा अड्किएका आफ्ना नागरिकको भारतले उद्धार गर्ने

समाचार

5/7/2020

काठमाडौं, २५ बैशाख । भारत सरकारले नेपालमा रहेका उसका नागरिक र भारतमा अड्केका नेपाली नागरिकलाई आआफ्ना मुलुक फर्काउन आवश्यक कदम उठाउने भएको छ ।

कोभिड १९ का कारण नेपालमा अड्केका भारतीय नागरिकलाई स्वदेश फर्काउने निर्णय सरकारले गरेको छ ।

सर्वोच्चका न्यायाधीश अशोक भूषणको नेतृत्वको इजलाससमक्ष प्रस्तुत हुँदै भारतका सोलिसिटर जनरल तुषार मेहताले त्योसँगै भारतमा रहेका नेपालीहरुलाई नेपाल फर्कन आवश्यक सहयोग पु¥याइने बताएका छन्।

सर्वोच्चले सरकारका तर्फबाट दिइएको आश्वासनको पृष्ठभूमिमा कुनै आदेश दिनुनपर्ने बताएको छ । हाल उत्तराखण्डको पिथौरागढमा २१४ जना नेपालीहरु स्वदेश प्रवेश गर्न नपाई त्यत्तै अड्किएको जानकारी पनि अदालतलाई दिइएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ