नेपालमा बस्ने हरेक नागरिकले कोरोना खोप निःशुल्क प्राप्त गर्नेछन् : प्रधानमन्त्री ओली

समाचार

1/27/2021

काठमाडौं, १४ माघ । आजबाट देशव्यापीरुपमा शुभारम्भ भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप नेपालमा बस्ने हरेक नेपाली नागरिकले निःशुल्क प्राप्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् ।

बुधबार बिहान खोप अभियानलाई शुभारम्भ गर्दै प्रधानमन्त्रीले सो घोषणा गरेका हुन् । उनले भने, ‘हामीले प्राप्त गरेको अनुरुपस्वरुप खोप होस् अथवा हामीले किन्न परोस्, तर हामी हाम्रा देशवासीहरुलाई निःशुल्क बिना भेदभाव प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउने छौं ।’

प्रधानमन्त्री ओलीले यसरी नै खोप उपलब्ध गराइनुपर्ने बताएका छन् । उनले मानव जातिको हितका लागि अन्य मुलुकहरु र संघसंस्थाहरुले सहयोग पुर्याउनुपर्ने धारणा राखे ।

उनले यस सम्बन्धमा सरकारले आवश्यक बजेटको समेत तर्जुमा गरेको जानकारी दिए ।

देशवासीलाई उनले भने, ‘हामी कुनै पनि हिसावले नेपाली जनताको जीवन रक्षाका लागि कोभिड–१९ विरुद्धको यो खोप सबैमा यथाशीघ्र निःशुल्क उपलब्ध गराउने छौं ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ