नेपालमा सक्रिय संक्रमित ३० हजारभन्दा बढी

समाचार

4/28/2021

काठमाडौं, १५ बैशाख । नेपालमा पनि कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरिएन्टको संक्रमण तीव्रगतिमा बढिरहेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार आठ सय ९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३८७९ पीसीआर परीक्षणमा ४७ सय ७४ र ९५५ एन्टिजेन परीक्षणमा १७४ गरी ४८ सय ९७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३० हजार दुई सय ९० पुगेको छ । जसमध्ये २३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ